बिहिबार, बैशाख १३, २०८१

गायक थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमाथि प्रतिबन्ध

काठमाडौं कार्तिक ५, नेपालीको सस्कृतिलाई नै विकृत बनाउने शब्दको प्रयोग गर्दै छायाङ्कन गरी समाजमा गलत सन्देश फैलाउने कार्य गरेको भन्दै सरकारले गायक दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमाथि प्रतिबन्ध लगाई तत्काल प्रसारण बन्द गर्न निर्देशन दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गृहमन्त्रालयको पत्रानुसार थापाको गीतमा कानूनबमोजिम नेपालमा प्रतिबन्धित लागुऔषध गाँजा सेवनलाई युवामा प्रोत्साहन हुने सङ्गीत भरेर भद्धाप्रारुपमा दृश्य छायाङ्कन गरी समाजमा गलत सन्देश प्रवाह गर्ने कार्य गरेको जनाउ सहित आमसञ्चारमाध्यममा प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ। गायक थापाले आफ्नो युट्यूब च्यानल मार्फत आफ्नो सार्वजनिक गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।