शुक्रबार, बैशाख १४, २०८१

खास्ति नेवा पुच:ले भ्रमण वर्ष लक्षित ने.स ११४० न्हु दँ कार्यक्रमको आयोजना गर्ने

प्रस्तावित सम्पूर्ण  कार्यक्रम आयोजनार्थ कुल १२ लाख रुपैयाको खर्च अनुमान

काठमाडौ कार्तिक ४, काठमाडौं महानगरपालिका वडा न. ६ स्थित खास्ति नेवा पुच:ले विगतका वर्षमा जस्तै यस वर्षको नेपाल सम्बत् ११४० आरम्भको अवसरमा आसन्न नेपाल भ्रमण वर्ष लक्षित न्हु दँ अर्थात नयाँ वर्ष लक्षित विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।

बौद्धनाथ क्षेत्रविकास समिति लगायतका स्थानीय विभिन्न सामाजीक संघ सस्थाको सहकार्यमा आयोजना गरिने कार्यक्रम अन्र्तगत कार्तिक ९ गते साइकल यार्ली त्यस्तै कार्तिक ११ गते वृहत सरसफाइ, १२ गते नयाँ वर्ष आरम्भको अवसरमा भिन्तुना यार्ली सहित मण्डला बनाउँने कार्यक्रम त्यस्तै औपचारिक कार्यक्रम अन्र्तगत सम्मान कार्यक्रम र नेवारी भोजको समेत आयोजना गर्ने भएको छ ।

विश्व सम्पदा सूचीमा सूचिकृत धार्मिक ऐतिहासिक तथा पुरातात्विक महत्व वोकेको बौद्धनाथ क्षत्रमा मनाइने प्रस्तुत कार्यक्रमले एकआपसमा सद्भाव अभिवृद्धिको साथै नेवा भाषा र कलाको सरंक्षण संगै सामाजिक एकताको गठबन्धनलाइ मजवुत बनाउनुको अलावा भ्रमण वर्षको प्रचार प्रशार समेत हुने आयोजक संस्थाको जनाउ रहेको छ ।

कार्यक्रम सम्बन्धी जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाले प्रस्तावित सम्पूर्ण  कार्यक्रम आयोजनार्थ कुल १२ लाख रुपैयाको खर्च अनुमान रहेको बताउँदै कार्यक्रमलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति समेत गठन गरिएको जानकारी दिएका छन ।

पत्रकार सम्मेलनमा बौद्धनाथ क्षेत्रविकास समितिका कार्यकारी निर्देशक बसन्त लामा, पुच:का पदाधिकारी लगायत विभिन्न  संघसंस्थाका जिम्मेवार पदाधिकारीको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।