बुधबार, बैशाख १२, २०८१

क्यान्सर, मिर्गाैला, मुटु रोगसित सम्बन्धित औषधिको मौज्दात राख्न व्यवसायीलाइ विभागको निर्देशन

काठमाडौ असोज १८ , नेपाली औषधि जगतका नियमक निकाय औषधि व्यवस्था विभागले केहि दिन यता बजारमा क्यान्सर रोगको उपचारका क्रममा प्रयोग हुनेऔषधिको अभावको चर्चा चलेसंगै विभाले औषधिको अभाव हुन नदिन औषधि व्यवसायीलाई औषधि मौज्दात राख्ने निर्देशन  जारी गरेको छ ।

विभाग सम्वद्ध स्रोतका अनुसार चाडपर्वका समयमा भिनक्रिस्टाइन, भिनब्लस्टाइन र सिप्प्लाटिन, एफभी नामक औषधि बजारमा अभाव रहेको चर्चा चलेसंगै विभागले यस्तो निर्देशन जारी गरेको जनाएको छ ।

त्यस्तै विभागले शुक्रवार औषधि आयातकर्ता संघ /सस्थाका प्रतिनिधीसंग विशेष छलफल चलाउँदै क्यान्सर, मिर्गाैला, मुटुलगायत रोगसित सम्बन्धित औषधिको मौज्दास्थितका बारेमा विभागलाई जानकारी दिन समेत ति संघ संस्थाहरुलाइ निर्देशन जारी गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।