शुक्रबार, चैत्र १६, २०८०

कैलाली सशस्त्रका घुमुवा प्रहरीद्दय घुसरकम सहित पक्राउ

काठमाडौ असोज १७,  असोज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी सीमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतीराम चौधरीलाई आज २० हजार घुस रकम सहित पक्राउ  गरेको छ ।

आयोगका अनुसार भारतबाट माल सामान ल्याउने क्रममा भन्सार शुल्क तिरिसकेपश्चात् अनेकन झैझमेला गर्दै सेवाग्राहीसँग घुस लिने गरेको भन्ने सूचनाको आधार आयोग टोलीले उनीहरूलाई सेवाग्राहीबाट लिएको रु २० हजार घुससहित पक्राउ गरेको जारी विज्ञप्तिमा उल्लेख  गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।