बिहिबार, बैशाख १३, २०८१

कास्की क्षेत्र नम्बर–२ मा तत्कालीन मन्त्री अधिकारीकी पत्नी भट्टराईको नाम सिफारिस

  चितवनमा कांग्रेसको उम्मेदवारी घोषणा

काठमाडौं कार्तिक ८, आसन्न उपनिर्वाचनका लागि सत्तारुढदल  दल नेकपा कास्की जिल्ला कमिटीको आज बसेको बैठकले कास्की क्षेत्र नम्बर–२ लागि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।
गत वर्ष फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त रहेको यस निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनको लागि तत्कालीन मन्त्री अधिकारीकी पत्नी भट्टराईको नाम सिफारिस भएको हो ।

यसैवीच चितवन कांग्रेसले स्थानीय तह अन्र्तगत आसन्न उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी घोषणा गरेको छ । भरतपुर महानगरपालिका–१६ को अध्यक्षमा अमृत हमाल त्यस्तै गरि खैरहनी नगरपालिका–४ को वडाध्यक्षमा देवबहादुर बस्नेत र वडा नम्बर–५ को वडाध्यक्षमा प्रतिमा कार्की बस्नेतको घोषित गरिएको हो ।

कांग्रेस महामन्त्री डा शशांक कोइरालाको प्रमुख आतिथ्यतामा भरतपुर महानगरपालिका–१६ तथा खैरहनी नगरपालिका–४ र ५ मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम घोषणा गरेको  हो ।  भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको क्यान्सर रोगका कारण तथा खैरहनी नगरपालिकाका–४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र वडा नम्बर–५ का वडाध्यक्ष विश्वविजय बस्नेतको दुर्घटनामा परी निधन भएसंगै  रिक्त रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।