शुक्रबार, बैशाख ७, २०८१

कार्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनसको अफर 

काठमाडौं कार्तिक ८,  नेपाल टेलिकमले नेपालीको महान् चाड तिहारका साथै छठ र नेपाल संवत्का अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्ना ग्राहक लक्षित हुँदै कम्पनीका सवामा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ । टेलिकमद्दारा जारी विज्ञप्तिमा उल्लेखभएअनुसार यसअघि जारी रहेको सुविधालाइ निरन्तरता दिदै कार्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने टेलिकमले जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा वोनस योजना अन्र्तगत रु ५०, १०० र २०० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु ५०० र १००० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुने र यसरी प्राप्त हुने बोनस रु ५०, १०० र २०० को बोनस ३ दिनभित्र र रु ५०० र १००० को बोनस ५ दिनभित्र उपयोग गरिसक्नुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी एमपोसबाट रु १० देखि ४९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु ५०० वा सोभन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ तीन दिन र ५ दिनभित्र उपयोग गरी सक्नुपर्नेछ ।

त्यसैगरी फोरजी÷एलटिई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभएसम्म यो अफर निरन्तर रहने छ । ग्राहकले *444#  डायल गरी सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सकिने जनाएको छ । टेलिकमले पहिलोपटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधिसहितको २०० एमबी डाटा बोनसको रुपमा उपलब्ध गराएको छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने जनाएको छ । हाल टुजी र थ्रिजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *444#   डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सकिनेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930