बिहिबार, चैत्र १५, २०८०

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठपर्व आजबाट शुरु

काठमाडौं कार्तिक १४, दिपावली पर्वको समापन सङसङगै सुरुहुने छठपर्व आजदेखि विधिपूर्वक सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको पहिलो दिन आज नहा खा अर्थात् नुहाएर खाने गर्दछ विधि गर्दै ब्रतालुले पर्वलाइ स्वागत गरेका छन । त्यस्तै पर्वको दोस्रो दिन शुक्रवार खर्ना मनाइनेछ ।

खर्ना भन्नाले ब्रतालुहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँने गर्छन भने षष्ठीका दिन अर्थात् शािवार साँझ अस्ताउँदो सूर्यलाई आराधना गर्दै सूर्यलाई अर्घ अर्पण गर्छन् । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर वधु प्राप्तिको कामना गर्छन् । त्यस्त्ै सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको संख्या पनि धेरै छ ।

छठ पर्वको मुल्य आकर्षण भनेको सूर्यको उपासना सहित अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्नु रहेको छ । पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा राजधानीको टङकेश्वर, गौरीघाट र शङखमूल लगायतका नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् ।

त्यस्तै आइतवार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम अनुरुप प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व समापन गर्ने गरिन्छ । सरकारले यस पर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीमा सार्वजनिक बिदा दिंदै आएपनि यसपटक छठपर्वका दिन शनिवार परेका कारण छठको दास्रो दिन अर्थात आइतवार विदा घोषण्ण गर्नु पर्ने सम्वद्ध समुहको आवाज रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।