बिहिबार, बैशाख ६, २०८१

कात्तिक २ र ३ गते ५ वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै

काठमाडौ असोज ३०,   कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने भएको छ । ७५३ वटै पालिकाका अर्थात स्थानीय तहले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा प्रस्तुत कार्यक्रम सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ ।

कार्यक्रम सम्बन्धी प्राप्त जानकारी  अनुसार नव जात शिशु जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल त्यसतैगरि एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल),र छ महीनादेखि दुई वर्षभित्रका चारलाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने बताईएको छ ।

त्यस्तै प्रस्तुत दुुइ दिने कार्यक्रमका परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक रु सयभत्ताको व्यवस्था गरिएको जनाउँदै मन्त्रालयले कुल बजेट तीन करोड ५० लाख विनियोजन गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930