शुक्रबार, चैत्र १६, २०८०

काङ्ग्रेस नेत्री वनको निधनप्रति दुःख व्यक्त

काठमाडौं असोज २४ , नेपाली काङ्ग्रेसले पार्टीकी नेत्री सरिता वनको निधनमा दुःख व्यक्त गरेको छ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी असोज २० गते ललितपुरको सातदोबाटोमा ट्रकको ठक्करबाट निधन भएकी पार्टीकी क्रियाशील सदस्य वन विसं २०३६ मा पद्मकन्या क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा निर्वाचित सदस्य वनप्रति दुःख व्यक्त गरेको हो ।

काङ्ग्रेसले वनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।