शुक्रबार, चैत्र १६, २०८०

काङ्ग्रेसले दुइ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै

काठमाडौ असोज ३०,  नेपाली काङ्गे्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काङ्गे्रसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि दुइ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबाट सुभारम्भ हुने उक्त प्रशिक्षण आगामी कात्तिक १ र २ गते आयोजना हुने र प्रशिक्षणमा देशभरबाट ४०० भन्दाबढीको सहभागिता रहने काँग्रेसले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।