बिहिबार, बैशाख ६, २०८१

 एनआरएनएको निर्वाचन स्थगन, निर्वाचन केन्द्रमा मतदाताको होहल्ला र नारावाजी

काठमाडौ असोज २९,  एनआरएनएको ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनअन्र्तगत आज नयाँ नेतृत्वका लागि आज भएको निर्वाचन केहि समयमै स्थागित भएको छ ।

इलोक्टोनिक मतदानको क्रममा समस्या देखिएपछि  भोलि विहीवार १० बजे सम्मका लागि निर्वाचनका सवै कार्यक्रम स्थगन गरिएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै एनआरएनएको नयाँ नेतृत्वका लागि निर्वाचनको मैदानमा रहेका कुमार पन्त र कुल आचार्य पक्षधरमतदाताले निर्वाचन स्थगन गरिएसंगै नारावाजी सहित होहल्ला गरेका थिए । गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।