बिहिबार, बैशाख १३, २०८१

एक-आपसको हार्दिकताका लागि आज पनि मान्यजनबाट टीका, जमरा र आर्शीवाद ग्रहण गर्दै

काठमाडौं असोज २४ ,आज बडादशैँ अन्र्तगत टीकाको चौथो दिन पनि मान्यजनबाट जमरा र आर्शीवाद ग्रहण गर्दै टीका लगाउनेक्रम जारी छ । घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्नेक्रम परम्परा अनुरुप कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । योक्रमले पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्म निरन्तरता पाउँने गर्दछ ।

आफ्ना मान्यजनकोमा टीका ग्रहणकालागि जाने परम्पराले  एक-आपसमा हार्दिकतालाइ दिगो बनाउँनुको अलावा आपसी सद्भाव अभिवृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।