शुक्रबार, चैत्र १६, २०८०

उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउँन शुक्रवार काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

आजको पदाधिकारी बैठकमा उपनिर्वाचनका उम्मेदवारका लागि सिफारिस नामावलीमाथि सुक्ष्म  छलफल

काठमाडौं कार्तिक १४ , आसन्न उपनिर्वाचनको लागि  पार्टीको तर्फबाट उम्मेदवार बन्ने व्यक्तिको आधिकारिक निर्णय गर्न आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि सुक्ष्म  छलफल भएको छ ।

बैठकमा सहभागी उपनिर्वाचन हुने सम्बन्धित प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशमा पार्टीको वस्तुस्थितिका बारेमा जानकारी दिदै गर्दा काँग्रेस नेतृत्वले उक्त जानकारीलाइ गम्भीर रुपमा लिदै उम्म्ेदवारको छनौट गर्ने जनाउ दिनु भएको बुझिएको छ । ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

यसैवीच आजको बैठकले गम्भीर चिन्तन सहित नितिगत धारणा तय गरेको काङ्ग्रेसले शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठक मार्फत उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउँदै सार्वजनिक गर्ने भएको छ ।

मुलत शुक्रबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठक उम्मेदवारको नाम टुङ्गो लगाउने विषयमा केन्द्रित हुने बताईएपनि बैठकमा समसायिक राजनीति, उपनिर्वाचनको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल गर्ने तयारी काँग्रेसको रहेको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।