बुधबार, बैशाख १२, २०८१

आलम उपर थप अनुसन्धानको लागि पाँच दिन म्याद थप

काठमाडौं कार्तिक ३ , राजपुरमा बम विष्फोटको आरोपमा प्रहरी हिरासतमा रहेका काङ्ग्रेस सासंद आफताव आलम उपर थप अनुसन्धानको लागि  जिल्ला अदालतले पाँच दिन म्याद थप गर्ने आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले उनलाई पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको हो । पक्राउ परेका आलममाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान जारी छ ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भन्दै गरेको निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले सदर गरेपछि मुद्दाको फाइल बन्द गरिएको थियो । तथापी महान्यायाधिवक्ताको कार्यालयको निर्णयलाई सर्वोच्चले बदर गरेको ७ वर्षपछि प्रहरीले आलमलाई गत असोज २५ गते राजपुर गौरस्थित शेख इद्रिस गेटबाट पक्राउ गर्दै उक्त मुद्धाको कारवाही प्रत्रिया शुरु गर्नु आफैमा नियोजित भएको आलम निकट स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।