शुक्रबार, चैत्र १६, २०८०

आलमलाई अनुसन्धानका लागि थप ८ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौ कार्तिक ८,  राजपुरमा बम विस्फोट घाइतेहरूलाई इँटाभट्टामा हालेर जलाएको अभियोगमा पक्राउ परेका काँग्रेसको तर्फबाट संघीय संसद रहेका  हाल निलम्वित मोहमद् आफ्ताव आलमलाई अनुसन्धानका लागि थप ८ दिन थुनामा राख्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ ।

यसअघि थपिएको ५ दिनको म्याद सकिएपछि शुक्रबार थप अनुसन्धानका लागि भनेर रौतहट प्रहरीले पूर्व वनमन्त्री समेत रहेका आलमलाई अदालत समक्ष पेश गरेको थियो ।  रौतहटका न्यायाधीश केशव पाण्डेको इजलासले आलमविरुद्ध आज तेस्रो पटक म्याद थप गरेसंगै  प्रहरीले नयाँ कोणबाट अनुसन्धान गर्ने तयारी गरेको  बुझिएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।