बिहिबार, बैशाख १३, २०८१

आफ्नो अभिव्यक्तिको आलोचना पछि सभापति देउवाले भने- निर्दोष दण्डित र दोषी लाई उन्मुक्ति नहोस

काठमाडौं कार्तिक २,   नेपाली काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्दारा  मध्यपुरथिमिको बोडेमा शुक्रवारबाट  आयोजित काङ्ग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका प्रमुख, उपप्रमुख लक्षित दइ दिने प्रशिक्षण कार्यक्रमको शुभारम्भसत्रको क्रममा पार्टी सभापति शेरवहादुर देउवाले दिनु भएको अभिव्यक्तिको सर्वत्र आलोचना भएसंगै आफ्ना अभिव्यक्तिको गलत व्याख्या भएको जनाउ दिनु भएको छ।

शुक्रवार पार्टी सभापति देउवाले १२ वर्षअघिको घटना पुनारावृत गर्दै काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमलाई पक्राउ गरीएकोमा आक्रोस व्यक्त गर्दै यो सरकारको तर्फबाट शुरु गरिएको काङ्ग्रेसविरुद्ध षड्यन्त्र भएको आरोप लगाउँदै सरकारको यस कदम विरुद्ध काँग्रेस चुपलागेर नवस्ने बताउँनुको अलावा सासंद आलमको बचाउँ गर्नु भएको थियो

तर सभापति देउवाको प्रस्तुत अभिव्यक्ति सार्वजनिक भएको कृहि समय पछिनै आलोचनाको श्रृखलाले प्रशय पाउँन थालेपछि आज सभापति देउवाले आफ्ना अभिव्यक्ति सच्याउँदै निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने कांग्रेसको प्रस्ट मान्यता रहेको बताउँदै  आलामको मुद्दामा पूर्वाग्रह र दवावमुक्त रहेर अनुसन्धान गर्न भनेका छन । सभापति देउवाले कानूनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।