बिहिबार, चैत्र १५, २०८०

आज विजयादशमी, मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका थापी मनाइँदै

काठमाडौं असोज २१,  वर्ष २०७६ को वडादसैं अन्र्तगत आज विजया पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका थापी मनाइँदैछ ।

दुर्गा भवानीको टीका प्रसाद ग्रहणका लागि बिहान १०ः३५ बजेदेखिको शुभसाइत शुभारम्भ हुने भएपनि असत्यमाथि सत्यको विजयका रुपमा मनाइने विजयादशमी मुलत शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी आसुरी शक्तिको अन्त्य गरेको खुसीयालीमा मनाइने भएका कारण दुर्गा भवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने भन्दै विजयादशमीका दिन मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने परम्परा रहेको छ ।

आजको दिन घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिएको नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ भने आजका दिन आफ्ना मान्यजनबाट टीका थापेर र आफन्तजन सङग हार्दिकता सातासात गर्नुे परम्परा रहिआएको छ। यो क्रम आजदेखि पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्दछ । आज आश्विन शुक्ल दशमी नेपालीहरुको महान् चाड विजयादशमी हर्षोल्लासपूर्वक मनाइँदैछ । मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादसैं पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।

राम्रा राम्रा पोशाकमा सजिएका, निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ । स्वदेश वा विदेशमा रहेका नेपालीहरु आजको दिन सपरिवार एकत्रित भई विजयादशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्ने परम्परा रहको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।