शुक्रबार, चैत्र १६, २०८०

आज नवरात्रीको पाँचौं दिन शक्तिस्वरुपा देवी स्कन्दमाताको पूजा गरिदै

काठमाडौ असोज १६,  बडा दशैंअन्तर्गत आज नवरात्रीको पाँचौ दिन शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरि मनाइदै छ ।

सौर्य मण्डलकी अधिष्ठात्री देवी स्कन्दमाताको चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहेकी छिन ।

यसै अवसरमा हिन्दु धर्माबलम्बीहरुले आज देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिस्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा पूजा अर्चना गरिरहेका छन् ।