बिहिबार, बैशाख १३, २०८१

आजबाट आसन्न उपनिर्वाचन लक्षित जारी आचारसंहिता कार्यान्वयनमा

काठमाडौ कार्तिक ८ , निर्वाचन आयोगले आजबाट जारी हुने गरि मंसिर १४ गते सम्पन्न हुने आसन्न्न उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । आयोगद्दारा जारी विज्ञप्तिमा निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको उल्लेख गरिएको छ ।

मङ्सिर १४ गते ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

जारी आचारसंहितामा निर्वाचन सम्पन्न नभएसम्म नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारीसाधन प्रयोग गर्न दिन नहुने, पद सिर्जना गर्न नहुने, सरुवा, बढुवा वा काजमा खटाउन नहुनेलगायतका प्रावधान सहित राजनीति दल, उम्मेदवार, सञ्चारमाध्यम तथा गैरसरकारी संस्था, पर्यवेक्षक तथा कर्मचारीवृतमा आचारसंहिता आकर्षण रहेको छ

त्यस्तै विज्ञप्तिमा यसअघि कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको समेत नियुक्ति गरिसकेको जनाएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।