शुक्रबार, बैशाख १४, २०८१

आगामी ३ दिनसम्म देशभर मौसम प्रतिकुल रहने

काठमाडौं कार्तिक ६, मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा आगामी ३ दिनसम्म देशभर मौसम प्रतिकुल रहनु जनाएके छ ।

अरब सागरको पूर्वी मध्य भागमा विकसित न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण नेपालमा मौसम बदली भइरहेको जनाउँदै महाशाखाले  पश्चिमी वायुको प्रभावका कारण मौसमा देदिएको यो प्रतिुलतासंगै आज बेलुकीपख काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना समेत रहेको जनाएको छ । त्यस्तै मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिमी पहाडका एक वा दुई स्थानमा हल्का वर्षाका साथै उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको रहेको महाशाखाद्दारा जारी बुलेटिनमा उल्लेख रहेको छ।

यस्तै बुलेटिमा बिहीबार पनि देशभरको मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने मध्य र पूर्वी भेगका थोरै तथा पश्चिम पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनासंगै बदली रहेन जनाएको छ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।