शुक्रबार, चैत्र १६, २०८०

आइसिसीले शर्तसहित निलम्वन फुकुवा गरेसंगै राष्ट्रिय टोलीका कप्तान पारसले दिए राजीनामा

काठमाडौ असोज २८,  नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विस २०७३ वैशाखमा लगाएको निलम्वन सोमवार शर्तसहित फुकुवा गरेसंगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट आज राजीनामा दिनुभएको छ ।
नेपाल क्रिकेट सङ्घमाथि लाग्दै आएको आइसिसीको निलम्वन फुकुवा भएकामा खुशी व्यक्त गर्दै कप्तान पारस खड्काले सामाजिक सञ्जाल मार्फत “नेपाली क्रिकेट नयाँ तरिका र सोचबाट अघि बढ्नका लागि आफूले कप्तान पदबाट राजीनामा दिएको जनाउ दिएको हो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।