बुधबार, बैशाख १२, २०८१

अनाथ बालबालिकालाई दशैको टीकाका साथै न्यानो कपडा

रामचन्द्र प्रजापति/ भक्तपुर असोज २३ ,  विजया दशमीको अवसरमा अनाथ बालबालिकालाई शुभ दशैको टीका ग्रहण कार्यक्रमको आयोजना गरिएको छ ।

चाँगुनारायण नगरपालिका वडा न २ स्थित दुवाकोटको सहयोग संस्थाका  आयोजनामा  मंगलवार सम्पन्न प्रस्तुत कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले अनाथ बालबालिकाहरुलाई दशैको टीका लगाई दिदै अनाथ बालबालिकाहरुलाई आफ्नो आमाबुबा नभएको महशुस नहोस् भनी शुभकामना व्यक्त गर्दै दशैको उपाहारस्वरुप वालवालिलाइ न्यानो कपडा वितरण गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष राजाराम सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सस्थालाई जग्गा प्रदान गर्नुहुने समाजसेवी एव वडा न. २ का वडा सदस्य सोम प्रधान ,उपमेयर विना बस्तोला,रामगोपाल चगुठी लगायतले शुभकामनाअभिव्यक्ति दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।