काठमाडौ असोज १८, नेपालीमात्रको महान चाड बडादशैं घर आँगनमा भित्रिइएको पनि आज सातौ दिन भइसकेको छ । जस्तोसुकै प्रतिकुल अवस्थामा पनि अनुकुलता खोज्दै खुशी साट्ने नेपालीहरूले आफ्नो संस्कृतिलाई स्मरण गर्दै यो वर्षको बडादशैंलाई पनि उल्लासमयरूपमा मनाउँने तयारीमा जुटेका छन । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको यो महान् पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ ।
बडादसैँको पहिलो दिन घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ भने त्यसैदिनदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी सुरु गरिएको पूजा अन्र्तगत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
त्यस्तै विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई ऐश्वर्य कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास रहिआएको छ । यसैवीच आम सार्वभौम सम्पन्न नेपालीको भावना माथि यो वा त्यो बहानामा प्रहार गर्ने दृष्य वा अदृष्य शक्तिको तेजोबोध गर्ने् शक्ति देवीदुर्गाले प्रदान गरुन भन्ने कामना गर्दैछौं ।
साथै वर्ष २०७६ को अवसरमा पछिल्लो समय मुलुकमा मौलाउँदै आएको यावत विकृति संगै सञ्चार जगतमा समेत मौलाउँदै आएको अराजकता संगै हत्याहिंसा बलात्कार जस्ता यावत घटनाको समुल अन्त्य होस फेरि कुनैपनि चेलीले निर्मला पन्तको नियति भोग्न नपरोस भन्ने कामना गर्दै अराजकताका तमाम पत्रालाइ देवी दुर्गाले नष्ट गरोस भन्नेका कामना गर्दै
वडादसैंका कारण हामी निरन्तर Update हुन नसकेपनि यहाँहरुसङग बेलाबखत भने जोडिने हरसंम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दै पुन एकपटकपरिवारिक तथा सामाजिक पूनर्मिलन र आपसी भाइचारा एवम् सदभाव अभिवृद्धि गर्ने सन्देश समेत बोकेको यस महान् पर्वको गरिमा र महत्वलाई अक्षुग्ण राख्न यसलाई बिकृतिमुक्त बनाई सभ्य र सालीन रुपमा मनाउनु हुन आह्वान गर्दछौं । साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा शुभविजयादशमीको अवसरमा www.kantipurhotline.com परिवारका तर्फबाट सम्पूर्ण Online का पाठकवर्ग,विज्ञापनदाता तथा सवै नेपालीजनको दशैँ शुभ रहोस भन्दै विजयादशमी २०७६ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काठमाडौं उपत्यका लगायत देशभर चिसो बढ्यो
- महानगरले यसरी थाल्यो सडक सहयोगापेक्षी मानवमुक्त अभियान
- चलचित्र विकास वोर्ड अध्यक्ष भट्टराईको निधन
- बढ्दो सडक दुर्घटनाप्रति काँग्रेसद्वारा चिन्ता प्रकट
- जन प्रतिनिधीलाइ शासकीय अहमता नराख्न मन्त्री त्रिपाठीको सुझाव
- डब्लुएचओ सर्टिफाइड नभएका औषधि र खोप नेपाली बजारमा प्रयोग हुँदै
- छ किलोमा तिर्थाटन यात्रु सवार बस दुर्घटना हुँदा १४ को मृत्यु, १८ घाइते
- सहिद स्मारक ए डिभिजनमा मछिन्द्रद्दारा ब्रिगेड ब्वाईज पराजित
- बम बिस्फोटमा प्रहरी निरीक्षक दाहाल सहित ३ को मृत्यु
- आजबाट सहिद स्मारक ए डिभिजन लिग शुरु
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- सांसद विकास कोषको नाममा सन्चालित सम्पूर्ण कार्यक्रमहरु रद्द
- सर्वोच्चको पछिल्लो आदेश: आसन्न निर्वाचनको मितिमाथि अनेकन चर्चा र बहस
- चिकित्सा शिक्षा अध्यादेश जारी
- उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
- आइतबार पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनको लागि मनोनयन दर्ता
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान