बुधबार, बैशाख १२, २०८१

घट्यो इन्धनको मूल्य

काठमाडौं भाद्र २४, नेपाल आयल निगमले आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेलरमट्टितेल र पेट्रोलमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य घटाएको छ । मूल्य घटेसँगै प्रतिलिटर डिजेलरमट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

त्यस्तै निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्र्याउँदै छ । पाइपलाइनाबाट इन्धन भित्र्याउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।