बिहिबार, बैशाख १३, २०८१

१५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा, को-को परे राष्ट्रिय टोलीमा ?

काठमाडौ असोज २,   सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म सिंगापुर क्रिकेट संघको आयोजनामा हुने सिंगापुर र जिम्बाबेसँगको त्रिकोणात्मक शृंखला र लगत्तै ओमानमा हुने पाँच देशको शृंखलाका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । पारस खड्काको ‘कप्तानीमा ’ घोषित १५ सदस्यीय क्रिकेट टोलीमा कुशल मल्ल र इसान पाण्डे पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । यस्तै दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मा दिइएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै   घोषित खेलाडीहरुमा क्रमस पारस खड्का ‘कप्तान,    दिपेन्द्र सिंह ऐरी ‘उपकप्ता,न’,सोमपाल कामी, बिनोद भण्डारी,करण केसी, ललित नारायण राजवंशी पवन सर्राफ, सन्दीप जोरा,  सन्दीप लामिछाने ,अविनाश बोहोरा,   कुशल मल्ल,  आरिफ शेख, सुशान भारी    इसान पाण्डे रहेका  छन ।

प्रस्तुत प्रतियोगित  अन्र्तगत  नेपालले जिम्वाबेसँग उद्घाटन खेल खेल्दै शृंखलाको सुरुवात गर्नेछ भो     २८ सेप्टेम्बरमा नेपालले सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने शृंखलामा नेपालले जिम्वाबेसँग अक्टोबर १ मा दोस्रो खेल खेल्नेछ। यस्तै २ अक्टोबरमा सिंगापुरसँग खेल्ने तालिका रहेको   छ । शृंखलाका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । उक्त सिरिजसँग ५ राष्ट्र सम्मिलित टी–ट्वान्टी शृंखला खेल्न नेपाल ओमान प्रस्थान गर्नेछ । नेपाल, नेदरल्यान्ड, ओमान, आयरल्यान्ड र हङकङबीच हुने शृंखला अक्टोबर ५ देखि १० सम्म हुनेछ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।