शुक्रबार, बैशाख १४, २०८१

१० चक्के वा सोभन्दा बढी चक्का भएका मालवाहक सवारी काठमाडौं आवागमनमा रोक

काठमाडौ असोज १३ , चाड पर्वको क्रममा हुने सडक जामको समस्ययालाइ न्यूनिकरण गर्न यातायत व्यवस्था विभागले १० चक्के वा सोभन्दा बढी चक्का भएका ठूला मालवाहक सवारीसाधन चितवनको नारायणघाटदेखि काठमाडौँ आगमनमा रोक लगाएको छ । तथापी खाद्यान्न सामग्री, लत्ताकपडा, औषधि, तरकारी, मासुजन्य पदार्थ लगायतमा भने सो नियम लागू नहुने जनाएको छ ।

त्यस्तै विभागले असोज १२ देखि साताव्यापीरुपमा दशैँका लागि घर जाने यात्रुको सहज र व्यवस्थित बनाउन सार्वजनिक यात्रुवाहक सवारीसाधनको हकमा एक रुटको अनुमति लिएको सवारीसाधन देशका जुनसुकै रुटमा चल्ने गरी रट खुला गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।