बिहिबार, बैशाख १३, २०८१

सिंहको जीवनबाट नेपाली राजनीतिक दलका नेताले पाठ सिक्न आवश्यक : वक्ताहरु

काठमाडौ असोज ३ , स्व गणेशमान सिंहको २२ औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आयोजना विहिवार आयोजना गरेको ‘गणेशमान सिंहको अभिप्रेरणा अधिनायकवाद, कुशासन र भ्रष्टाचारविरुद्धको अभियान’ विषयक अन्तक्र्रियाका वक्ताले र स्व गणेशमान सिंह जनताको हक र अधिकारलाई केन्द्रबिन्दुमा राख्ने नेता भएको बताउँनु भएको छ ।

कर्यक्रममा पूर्वमन्त्री होमनाथ दाहाल नेपाली राजनीतिमा स्व सिंह व्यक्तिगत पदका लागिभन्दा पनि देशको विकासका लागि दृढसङ्कल्प भएर लाग्ने नेता भएको बताउँदै सिंहको जीवनबाट नेपाली राजनीतिक दलका नेताले पाठ सिक्न आवश्यक भएको विचार अभिव्यक्त गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा प्राध्यापक कृष्ण खनाल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेल, पूर्वसांसद रामहरि खतिवडा , प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी लगायतले उहाँको व्यक्तित्वको चर्चा गर्दै  नेपाली जनताको अधिकारका स्थापित गर्नकै लागि जेल नेल भोग्नुभएको जिकिर गर्दै नेता सिहंको योगदानका बलमानै मुलुकमा परिर्वतनको संभव भएको बताउँदै उहाँको योगदानलाइ वर्तमनसरकारले नजर अन्दाज गर्दै आएको आरोप समेत लगाएका छन ।

 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।