बुधबार, बैशाख १२, २०८१

सामाजिक सूरक्षा भत्ता वृद्धि,कसको भत्ता कति ?

काठमाडौं भाद्र २८ , गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागद्दारा मुलुकको महानगरपालिका, उप महानगरपालिका, नगरपालिका र सवै गाउँपिालिकाको नाममा सर्कुलर सहितको जारी सूचनामा सामाजिक सूरक्षा भत्ता वृद्धि गरिएको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सामाजिक सूरक्षा भत्ता सम्बन्धमा अर्थ मन्त्रालयको मिति २०७६/०५/१२ र २०७६/०५/४ को पत्रअनुसार सामाजिक सूरक्षा भत्ताको नयाँ दर कायम गरेको विभागद्दारा जारी सूचनामा उल्लेख रहेको छ ।

भत्ता बढेसँगै जेष्ठ नागरिक र एकल र विधवा महिलाको मासिक २ हजार, पूर्ण अपाङ्गता भएका र लोपोन्मुख आदिवासी जनजातिको मासिक ३ हजार पुगेको छ ।त्यस्तै ७० वर्ष पूरा भएका जेष्ठ नागरिकले मासिक १ हजार उपचार खर्च पाउने विभागले जनाएको छ


तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।