शुक्रबार, चैत्र १६, २०८०

सरकारले आफु अनुकल बलमिच्चाइको शासन लाद्न खोजेको सभापति देउवाको आरोप

काठमाडौ असोज ११,  आसन्न बडा दशैं , दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान तथा समसामायिक छलफलका लागि काठमाडौं काँग्रेस क्षत्र न ४ ले आज नक्सालमा आयोजना गरेको शुभकामना कार्यक्रमलाइ सम्बोधन गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान केपी ओली नेतृत्वको सकारले दुइ तिहाइको दम्भमा मुलुकमा आफु अनुकल बल मिच्चाइको शासन लाद्न खोजेको आरोप लगाउँदै यस्तो हरकतले सरकारको मिति रेखा समापन हुँदै गएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले अव मुलुककमा कम्युनिस्टहरुको बढ्दो चुरीफुरीलाइ जनताले तह लगाउँने बताउँदै कम्युनिस्टहरुको पछिल्लो व्यवाहारले निर्वाद रुपमा उनिहरु प्रजातन्त्रविरोधी भएको प्रमाणित भएको र जनताले प्रजातन्त्र विरोधी शक्तिलाइ पत्ताक्षेप पार्न पछि नपर्ने बताउँनु भएके छ ।

साथै जनतामाथि थोपारिएको बढ्दो करको दायरा संस्थागत भ्रष्टाचार र महँगी को पर्याय वर्तमान ओली सरकार विरुद अव आन्दालनको विकल्प नभएको बताउँदै जनताले ओली सरकारबाट मुक्ति चाहेको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा कांग्रेस महामन्त्री डा। शंशाक कोइरालाले स्वयम कम्युनिस्ट आफै आफेनो विचारमा अडिग हुन नसकेको बताउँदै उनिहरु शक्तिको आडमा पतन उन्मुख भएको बताउनुभएको  छ । त्यस्तै गरि क्षेत्र न ४ बाट संघीउय संसदका सदस्य समेत रहेका कांग्रेसका नेता गगन थापाले जन भावना एवम संविधानको मर्म विपरितका कानुनको बनाउँदै एकातर्फ संविधानको अपमान र अर्को तर्फ जन भावनाको उपेक्षा गर्नु नै कम्युनिस्ट सरकार पतन तर्फ जाँदै गरेको बताउनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।