बुधबार, बैशाख १२, २०८१

सरकारको दण्डहीनता सहितको चरम आर्थिक अराजकताले नेपाली नागरिक आंतकित : पूर्व मन्त्री जोशी

काठमाडौ असोज ५ , प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले ननेता बिपी कोइरालाको १०६औँ जन्म जयन्तीको अवसरमा गत भाद्र २४ गतेदेखि शुभारम्भ गरेको ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत १५ दिने ‘हिमाल, पहाड, तराई राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरण आगामी मंगलवारबाट समापन हुँदैछ ।

यसै क्रममा आज काठमाडौं काँग्रेस क्षेत्र न- ८ अन्र्तगत प्रदेश सभा (क) को १९ वडा इकाइ मातहतका  काँग्रेस वृतमा प्रस्तुत कार्यक्रमको आवश्यकता र औचित्यको जानकारी प्रवाह गरिएको छ ।   कार्यक्रममा पूर्व मन्त्री समेत रहेका  केन्द्रीय सदस्य नविन्द्रराज जोशीले मुलुकको ३ तहको सरकारमा बढ्दो नेकपा सरकारको दवदवाका कारण सिर्जना भएको दण्डहीनता सहितको चरम आर्थिक अराजकताले यत्र तत्र सर्वत्र  आंतक सिर्जना गरेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले सरकार दुइ तिहाइको दम्भ सहित सविधानको मर्म तथा यसले प्रत्याभूत गरेको नागरिकको हकाधिकारको वर्खिलाप नागरिक अधिकारलाइ कुण्ठित गर्न लागि परेका बताउँदै समयमानै यसको खबरदारी गर्न सचेतता पूर्वक लाग्नुको विकल्प नभएको बताउँनु भएको छ । साथै उहाँले वर्तमान सरकारले लोकतन्त्रको विश्वव्यापी मूल्यमान्यतालाई समेत चुनाती दिदै जसरी हुन्छ लोकतन्त्रलाइ कमजोर बनाउँदै आफुअनुकुलको राज्यसत्ता चलाउँने  रणनितिक योजनामा लागि परेको आरोप समेत लगाउँनु भएको छ ।

त्यस्तै  केन्द्रीय प्रतिनिधी प्रेमकृष्ण महर्जन, पूर्व सासंद रविन्द्रलाल श्रेष्ठ, पूर्व सासंद तथा प्रदेश (क) संयोजक राज्यलक्ष्मी श्रेष्ठ, काँग्रेसको तर्फबाट गत स्थानीय निर्वाचनमा मेयरका उम्म्दवार रहेका राजुराज जोशी लगायतले पनि जागरण अभियानको उपादेयतामाथि प्रकाश पार्दै कानुनी राज्य र विधिको शासन प्रति प्रतिवद्ध नेपाली काँग्रसको आस्था निष्ठा सदैव नागरिकमैत्री रहेको बताउँदै जनअधिकारको रक्षा , सुशासन काँग्रेसको अभिष्ट रहेको बताउँनु भएको थियो ।

काँग्रेस १९ वडा इकाइका अध्यक्ष शशीालाल श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रस्तुत कार्यक्रममा क्षेत्रीय पदाधिकारी, विभिन्न वडा इकाइ समितिका सभापति महासमिति तथा महाधिवेशन प्रतिनीधी ,भातृ संगठनका पदाधिकारी, क्रियाशील सदस्य लगायत शुभचिन्तकको उल्लेख्य उपस्थिती रहेको थियो ।

काठमाडौं काँग्रेस क्षेत्र नं. ८ को क प्रदेश अन्र्तगत काठमाडौ महानगरका वडा न १३,१९,२०,२३ र २४ वडा समिति कार्य क्षेत्र रहेको छ भने यसअघि कामपा वडा न १३ ,२०,२३ र २४ इकाइमा जागरका अभियान  सञ्चालन भइसकेको प्रदेश (क) का संयोजक राज्यलक्ष्मी श्रेष्ठले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।