मङ्लबार, बैशाख ११, २०८१

सम्पादक रिजाललाइ ज्यान मार्ने धम्की

काठमाडौं भाद्र २६, नेपाल पत्रकार महासंघले महासंघका केन्द्रीय प्रतिनिधी तथा आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई गोरखाका वेदप्रसाद काप्रीले ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधवार काठमाडौंको गैरीधारामा हिँडिरहेको अवस्थामा सम्पादक रिजाललाई बाटो छेकेर ‘कुनै न कुनै रुपमा ज्यान लिने’ भनी निज काप्रीले धम्क्याएको महासंघका महसचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यतै विज्ञप्तिमा कुनै पनि बहानामा पत्रकारलाई ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम हो भन्दै महासंघ प्रेस स्वतन्त्रता विरोधी यस्ता धम्कीको कडा शब्दमा निन्दा र भत्र्सना गर्दै धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।