शनिबार, बैशाख ८, २०८१

सभामुख महरामाथि बलात्कारको आरोप

  निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति  सभामुख  महराको   कडा आपत्ति  सहित जारी  खण्डन विज्ञप्ति 

काठमाडौं असोज  १३ , सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमा कार्यरत रोल्पा स्थायी ठेगाना भएकी एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएकी छिन्। तीनकुनेस्थित कोठामा आएर उनले आइतबार साँझ बलात्कार गरेको दाबी गरकी छिन ।

मदिराले लठ्ठ सभामुख महराले घरमा श्रीमान नभएको मौमा छोप्दै  आफूलाई जर्बजस्ती गरेको उनको आरोप छ। महराको पिटाइबाट शरीरमा निलडाम समेत लागेको उनले उल्लेख गरेकी छिन्।

सभामुख कृष्णबहादुर महराले भने महिला कर्मचारीले आरोप सत्य नभएको बताउँदै कर्मचारी समायोजन पक्रिया अन्र्तगत ती महिलाको अन्यत्र सरुवा भएको र पटकपटक आफुलाइ यहींकतै मिलाइदिनुपर्यो भन्दै  अनुनय विय गर्दै गर्दा कुनै सुनवाइ गर्न नसकेपछि यस किसिमको आरोप लगाएको अभिव्यक्ति दिएका छन ।

यसैवीच  सभामुख महराको प्रेस सल्लाहकार डिल्ली मल्लले सञ्चारमाध्यमा आएके समाचारको खण्डन गर्दै जारी गरेको प्रेस विज्ञप्तिमा सभामुखको सामाजिक जीवन बदनाम गराउन नियोजित योजनाले प्रस्तु घटना   सार्वजनिक  भएको स्पष्ट पारेको छन् ।

त्यस्तै विज्ञप्तिमा सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरु हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु भन्दै समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन । हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँदछु भनिएके छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।