बुधबार, बैशाख १२, २०८१

सत्तारुढदल नेकपा र प्रमुख प्रतिपक्षी  काङ्ग्रेसका शीर्षनेताबीच विभिन्न विषयगत गम्भीर छलफल

काठमाडौं भाद्र २९ , प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ सत्तारुढदल नेकपा र प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका शिर्ष नेतृत्ववीच मुलुकको समासामायिक राजनिती लगायतका थप विषयमा गम्भीर छलफल भएको छ ।

प्राप्त जानकारी अनुासार छलफलको क्रममा बाँके घटना, नागरिकता विधेयक , सुशासन लगायतका विषय उठान भएको बताईएको छ । बाँके घटनाकै कारण आजको संसद बैठक समेत अवरुद्ध भएको थियो ।

छलफलमा प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष प्रचण्ड ,नेपाली काङ्ग्रेसका    सभापति शेर वहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री शशाङ्क कोइराला, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालगायतका  नेताहरु  सत्तारुढदलका महासचिव विष्णु पौडेल र मन्त्री भानुभक्त ढकालको उपस्थिती रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id