शनिबार, बैशाख ८, २०८१

श्रमजीवी पत्रकार ऐन र पत्रकारत्रयको पुनःबहालीको माग गर्दै महासंघ धर्नामा

काठमाडौं असोज १३ , नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग एवम् रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्काशन गरिएका पत्रकारत्रयको पुनःबहालीको माग गर्दै आज अपरान्ह नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि एक घण्टा धर्ना सहित प्रदर्शन गरेको छ । दिपायलमा कार्यरत सुनिता रावल, चक्र कुँवर र प्रकाश बमलाई बिना कारण निष्कासन गरेको विरोधमा महासंघ चरणबद्ध आन्दोलनमा उत्रेको हो ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष गोविन्द आचार्य ,उपाध्यक्ष दिलीप थापामगर ,नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल ,आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष डण्ड गुरुङ र प्रेस नेपालका अध्यक्ष केशव अर्याल,नेपाल पत्रकार महासंघ, रेडियो नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष दुर्गा फुयाँल लगायतले श्रमजीवी पत्रकार ऐनविपरीत निष्कासन गरिएका पत्रकालाई विनासर्त पुनःबहाली गर्नुपर्नेमा जोड दिदै सम्पूर्ण सञ्चारमाध्यममा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग संगै श्रमजीवी पत्रकारलाई रेडियो नेपालले  तत्काल पुनर्बहाली नगरे महासंघ सशक्त आन्दोलनमा उत्रिने  चेतावनी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।