शनिबार, बैशाख ८, २०८१

शनिवार विहानै चार रेक्टर स्केलको भूकम्प

काठमाडौं असोज ४, शनिवार विहानै गत २०७२ बैशाख १२ को महा भूकम्पको केन्द्रविन्दु रहेको गोरखा जिल्ललाइ केन्द्रबिन्दु बनाउँदै चार रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु बनाउँदै  बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा त्यती महसुस नभएपनि गोरखा, धादिङ, तनहुँ र लमजुङ र आसपासका  क्षेत्रमा महसुस गरिएको केन्द्रले जनाएको छ । यसअघि यहि साताको वीचमा सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गएको केन्द्रले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।