बिहिबार, बैशाख १३, २०८१

शनिवार कालिमाटीमा वृहत १० औ रक्तदान तथा स्वास्थ्य शिविर हुँदै

काठमाडौं भाद्र १९,  साल्ट टेडिङ्ग कर्पोरेशन लि तथा नमो हारती बचत सहकारी संस्था , हारतीग्रुप र रोटरी क्लवअफ काठमाडौंको वेष्टको सयुक्त आयोजनामा आगामी शनिवार वृहत १० औ रक्तदान तथा स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।

कामपा वडा न.१३ स्थित कालिमाटी बैंक्वेटमा आयोजना हुने जानकारी प्राप्त् भएको  उक्त कार्यक्रममा हाड जोर्नी, पाइल्स , फिष्टुला ग्यास्ट्रिक, युरिक एसिड र मधुमेह   जाँचको साथै म्यानुल थेरापी पेन रिलिफ थेरापी र अक्कुलाइफ चेकअप समेत हुने बताईएको छ ।

साथै गाइनो जनरल फिजिसियन लगायत सम्वद्ध विषयगत विज्ञ चिकित्सिकको प्रत्यक्ष उपस्थितीमा हुने शिविरबाट लाभाम्वित हुन आयोजक संस्थाले सवैमा आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।