बुधबार, बैशाख १२, २०८१

लोकतान्त्रिक गणतन्त्र विरुद्ध प्रहार गर्ने चेष्टा भइरहेका अध्यक्ष प्रचण्डको खुलासा

काठमाडौ भाद्र ३०, सत्तारुढदल नेकपाको अध्यक्ष प्रचण्डले पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको ५औं स्मृति दिवसका अवसरमा आज पार्टी मुख्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक एवम् र प्रतिक्रियावादी प्रवृत्तिको सचेत बन्दै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गर्नुभएको छ ।

त्यस्तै उहाँले लामो सङ्घर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र विरुद्ध पछिल्लो समय यो वा त्यो कोणबाट प्रहार गर्ने चेष्टा भइरहेको बताउँदै जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताउँनु भएको छ । साथै उहाँले अराजकतावादीविरुद्ध सजग तथा सचेत रुपमा आवश्यक भए सोको  प्रतिकार गर्न लागि तयार रहन आग्रह गर्दै पार्टीको उन्नयनका लागि नेता वोगतीले त्यसवेला गर्नु भएको योगदानको स्मरण गर्नुभएको छ ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, नेता अमीक शेरचनलगायतले नेता बोगटीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै यहाँको योगदानको स्मरण गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।