बिहिबार, चैत्र १५, २०८०

रोटरी  क्लव अफ न्यूरोड सिटीको कार्ययोजना प्रशंसनीय : डिस्ट्रिक गर्भनर श्रेष्ठ

काठमाडौं भाद्र २३ , मानविय  र सामाजिक सेवाको  क्षेत्रमा    व्यक्तिगत स्वार्थको धरातल भन्दा माथि उठेर स्वार्थरहित सामाजिक सेवाको उद्देश्यले अनवरत क्रियाशील हुँदै आएको रोटरी इन्टरनेशनल अन्तर्गत डिष्ट्रिक्ट ३२९२ नेपाल अन्र्तगत रहेका रोटरी  क्लव अफ न्यूरोड सिटीको रोटरी वर्ष २०१९ /२०का लागि भगवती जोशीको नेतृत्वमा नयाँ समितिको चयन सहित १६ पदस्थापना कार्यक्रम पछि नेपाल र भुटानका समेत गर्भनर रहेका रोटरियन डिस्ट्रिक गर्भरन किरणलाल श्रेष्ठले क्लवको पछिल्लो कार्यक्रम एवम् सोको कार्यान्वयनको विषयमा जानकारी लिनुभएको छ ।

राजधानीमा आइतवार आयोजित एक कार्यक्रमकावीच डिस्ट्रिक गर्भरन श्रेष्ठले न्यूरोड सिटीले रोटरी वर्ष २०१९/२०का लागि प्रस्ताव गरेका कार्यक्रम संगै क्लव पदाधिकारीसंगै अन्र्तक्रिया गर्नु भएको हो ।

त्यस्तै कार्यक्रममा गर्भनर श्रेष्ठले रोटरीयनहरुले समाज वा समुदायलाइ के दियो भन्दा पनि रोटरीको तर्फबाट प्रवाह भएको सेवा सहयोगबाट उनिहरुको मुहारमा खुसी ल्याउँन सक्यो वा सकेन त्यसको समिक्षा गर्दै अगाडि बढ्नु पर्नेम जोड दिनु भएको थियो । साथै उहाँले त्यस अवसरमा न्यूरोड सिटीको तर्फबाट प्रस्ताव गरिएका कार्यक्रम र क्लवको गतिविढी प्रशंसनीय रहेको बताउँनु भएको क्लव सचिव सैलुजा कटवालले जानकारी दिनु भएको छ ।

त्यसैगरी कार्यक्रममा क्लव चियर रोटरीयन administration राजु गुरुङ,  चियर service project रोटरीयन निलकण्ठ श्रेष्ठ , चियर membership  रोटरीयन लोकराज बज्राचार्य

  ,चियर रोटरी foundation रोटरीयन प्रतिमा श्रेष्ठ र चियर public relation रोटरीयन मधु ढुङगेलले आ- आफ्नो विधागत जिम्मेवारी अन्र्तगत क्लवको कार्यगत योजना र उपलब्धिको जानकारी दिनु भएको क्लवका दितिय उपाध्यक्ष रमिला श्रेष्ठ शाक्यले जानकारी दिनु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।