शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रिय पर्व इन्द्रजात्राको सञ्चालनका लागि रू ५ करोडको इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष’

काठमाडौं भाद्र २६, उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक राष्ट्रिय पर्व इन्द्रजात्राको व्यवस्थापन तथा सञ्चालनका लागि ५ करोड रुपैयाँको कोष स्थापना गरिएको छ ।

काठमाडौं महानगरपालिकाले बिहीबार राजधानीमा आयोेजित एक कार्यक्रमकावीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितीमा गत भाद्र २२ गते बसेको मप बैठकको निर्णय अनुरुस संघीय सरकारले १ करोड ५० लाख, प्रदेश ३ सरकारले १ करोड, र महानगरपालिकाले २ करोड र गुठी संस्थानले ५० लाख रकम जम्मा गर्दै इन्द्रजात्रा पर्वको संरक्षण तथा सञ्चालनका लागि ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष’ स्थापना गरिएको हो ।

त्यस्तै कोष स्थापना कार्यक्रममा वोल्दै मन्त्री भट्टराईले संघ, प्रदेश र स्थानीय ३ वटै तहका सरकार र इन्द्रजात्राको संरक्षणमा चिन्तित रहेको बताउँदै अब जात्रा तयारी गर्ने बेलामा पैसा कता छ भनेर खोज्न जान नपर्ने र काठमाडौंका सांस्कृतिक सम्पदा बचाउन गुठी बिधेयकलगायतका बिषयमा हामी गम्भीर अगाडी बढ्ने जनाउ दिनु भएको छ ।

त्यस्तै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंका सबै सांस्कृतिक पर्वहरुको संरक्षणका लागि आवश्यक सहयोग गर्न महानगर सदैव तत्पर रहेको बताउँदै कोष सञ्चालन गर्न महानगरका प्रमुखको अध्यक्षतामा सञ्चालक समिति गठन हुने बताउँनु भएको छ ।

कार्यक्रममा दिईएको जानकारी अनुसार कोष सञ्चालनका लागि महानगरका प्रमुखका अध्यक्षतामा सरोकारवाला कार्यालय र पक्षका प्रतिनिधिसहित गठन ह्ने सञ्चालक समितिमा कार्यबिधिमा व्यवस्था गरिएअनुरुप सदस्यमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिनिधि एक जना, प्रदेश सरकारको प्रतिनिधि एक जना, इन्द्रजात्रा व्यवस्थापन समितिको अध्यक्ष, गुठी संस्थानको प्रतिनिधि, हनुमानढोका दरबार हेरचाह अड्डाको प्रमुख सदस्य रहनेछन् भने महानगरको सम्पदा तथा पर्यटन बिभागका प्रमुख सदस्य सचिव रहने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।