शनिबार, बैशाख ८, २०८१

राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा पूजाअर्चना

काठमाडौ भाद्र १६, हरितालिका तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्नुभएको छ । बेलुकी ५ बजे मन्दिर प्राङ्गण प्रवेश गर्नुभएका राष्ट्रपति भण्डारीले मन्दिरमा विधिपूर्वक पूजा अर्चना एवं दर्शन गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा पूजा अर्चना पछि पशुपतिनाथका मूल भट्ट गणेश रावलबाट टीका तथा प्रसाद ग्रहण गर्नु भएको उल्लेख गरिएको छ ।मन्दिरमा राष्ट्रपति भण्डारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापा लगायतले स्वागत गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।