शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ प्रधानसेनापति थापाको सम्पत्ति विवरण

काठमाडौ भाद्र २५ , नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । प्रधानसेनापति थापाले नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणमा उल्लेखभएअनुसार प्रधानसेनापति थापाको आमाबाट बकसपत्रमार्फत प्राप्त महानगरपालिका–२६ लैनचौरमा आठ आना जग्गा र घर रहेको जिकिर गर्नु भएको छ ।

त्यस्तै थापाको लमजुङ बेँसीशहर नगरपालिका–४ मा अंशबण्डाबाट प्राप्त भएको १२ रोपनी जग्गा त्यस्तै श्रीमतीलाइ उनको माइतीबाट प्राप्त कामनपा–२६ मा दुई आना जग्गा र थापा दम्पतीको नाममा कामनपा–५ मा चार रोपनी ११ आना जग्गा रहेको उल्लेख गरिएको छ । त्यस्तै नवलपरासीको कोल्हुवा–५ मा १२ कट्ठा छ धुर तथा छोरी रुरुको नाममा लमजुङको बेँसीशहरमा एक रोपनी जग्गा रहेको सम्पति विवरणमा उल्लेख गरिएको छ ।

सम्पत्ति विवरणको पूर्णपाठ हेर्नको लागि यहाँ क्लिक गर्नु होला

त्यस्तैसम्पति विवरणमा उहाँले  ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हार रहेको  र इन्भेष्टमेन्ट बैंकमा रु १६ लाख ६१ हजार, सोही बैंकमा पाँच हजार नौ सय अमेरिकी डलर, ग्लोबल आइएमई बैंकमा रु ४२ हजार र श्रीमतीको नाममा मेघा बैंकमा रु ५० हजार नगद त्यस्तै श्रीमतीको नाममा मेघा बैंकको २४ हजार कित्ता प्रमोटर र नौ हजार साधारण शेयर रहेको उल्लेख गर्नुभएको छ ।

साथै डिसिबिएल बैंक र ग्लोबल बैंकमा ७० र शिवश्री हाइड्रोपावरमा १० हजार कित्ता शेयर रहेको जिकिरसंगै ग्लोबल आइएमईबाट रु १८ लाख, कल्याणकारी कोषबाट रु पाँच लाख, एनबी बैंकबाट रु ९८ लाख र लक्ष्मी बैंकबाट रु ३० लाख ४५ हजार विभिन्न मितिमा ऋण लिएको उल्लेख गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।