शनिबार, बैशाख ८, २०८१

मौसममा देखिएको उतार चढाव अझै एक हप्ता भन्दा बढि कायम रहने

दशैँको उमंग भन्दा पनि  मौसमको  चिन्ताले
आफुले दशैँ लक्षित गर्दै बनाएको योजना कार्यान्वयन गर्न नपाएको  गुनासो

काठमाडौं असोज १२ , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समयमा मौसममा देखिएको उतार चढाव अझै एक हप्ता भन्दा बढि कायम रहने जनाएको छ ।

हुनत नेपालमा मनसुन जुन १० मा शुरु भइ सामान्यतया सेप्टेम्बर २३ सम्म कायम रहने पछिल्लो नजिर रहेपनि यसपटक लामो समय सम्म अरब सागर र बङ्गालको खाडीबाट आइरहेको जलवाष्पयुक्त वायुको प्रभावले मनसुनी सक्रियता र प्रभाव कायम रहेका महाशाखाले जनाएको छ ।

मनसुनी सक्रियता र प्रभावका कारण दिनहुँ जस्तो बदली संगै छिटफुट वर्षा भइरकेको महाशाखाको बुझाइ रहेको जनाउँदै यो क्रम आगामी मङ्गलबारसम्म कायम रहने महाशाखाले जनाएको छ।

यसैवीच मौसमी उतार चढावका कारण  नेपाली मात्रको महान पर्व दशैँको   आज पहिलो दिन घटस्थापना मनाउँदै गर्दा पनि   जनवृतमा   दशैँको उमंग भन्दा पनि  मौसमको  चिन्ताले आफुले  दशैँ लक्षित गर्दै बनाएको योजना कार्यान्वयन गर्न नपाएको  गुनासो  गरेको  छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।