शुक्रबार, बैशाख ७, २०८१

मिडिया काउन्सिल मौजुदा व्यवस्था उपर महासंघको १७ बुँदे संशोधन प्रस्ताव

काठमाडौ भाद्र १५,  नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल मौजुदा व्यवस्था संशोधनका लागि १७ बुँदे संशोधन प्रस्ताव राष्ट्रिय सभामा प्रतिनिधिीत्व गर्ने स१ारुढदल दलका नेता दीनानाथ शर्मा एवम् नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बुझाएको छ ।

नेपाल पत्रकार महासंघसंग यसअघि भएको पूर्वसहमतिअनुरुप विधेयकमा प्रेसमैत्री बनाउँनकालागि संशोधनका लागि महासंघले प्रस्तुत १७ बुँदे संशोधन प्रस्ताव बुझाएको हो ।

त्यस्तै महासंघले कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र पाण्डे, समाजवादी फोरमका प्रमुख सचेतक बृषेशचन्द्र लाल संगै राष्ट्रिय सभामा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति वरिष्ठ अधिवक्ता रामनारायण विडारीलाइ समेत प्रस्तुत प्रस्ताव बुझाएको छ । त्यस्तै नेकपाका संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङलाइ समेत महासंघको तर्फबाट संसोधन प्रस्ताव बुझाईएको छ ।

यसअघि सरकारको तर्फबाट सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७५’ पेस गर्नु भएको हो । मन्त्री बाँस्कोटाले बैठकमा विधेयक प्रस्तुत गर्दैगर्दा सरोकारवालासँग छलफल गरी विधेयकमा आवश्यक परिमार्जन गर्न सकिने प्रतिबद्धता जनाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले दर्ता गराएको विरोधको सूचना फिर्ता लिएसंगै विधेयकमाथि छलफलको वातावरण बनेको हो

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031