शुक्रबार, चैत्र १६, २०८०

महासंघको आन्दोलनमा दुइ ठूला प्रेस संगठनको एकेवद्धता

 न्यूनतम पारिश्रमिक दिलाउन महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको महासंघ अध्यक्ष आचार्यको जनाउ

काठमाडौं भाद्र १५ ,  नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति, प्रतिष्ठान प्रदेश समिति र एसोसिएट प्रदेश समितिको सयुक्त आयोजनामा न्युनतम पारिश्रमिक कार्यान्वयनको समस्या : समाधानका उपायहरु विषयक अन्तर्किया कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा प्रेस संगठन नेपालका अध्यक्ष महेश्वर दाहाल नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले न्युनतम पारिश्रमिक कार्यान्वयनको पक्षमा पत्रकार महासंघले शुरु गर्ने अभियान सहितको आन्दोलनमा एकेवद्धता रहेको जनाउ दिनु भएको छ ।  त्यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले प्रस्तावित विषय आफैमा गहन रहेको बताउँदै न्यूनतम पारिश्रमिकको कार्यान्वयन प्रेस पासको लागि मात्र नभएको बताउँदै राज्य प्रदत अन्य सेवा सुविधाको लागि पनि आवश्यक भएको धारणा राख्नु भएको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले ठूला मिडिया हाउसका मालिकसँग मिलेर श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन पहल नगरेको भन्ने सहभागीको भनाइको खण्डन गर्दै श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै महासंघले न्यूनतम पारिश्रमिक दिलाउन ३९५ जना श्रमजीवी पत्रकारहरुले दिएको निवेदनमा कारवाही गर्दै ३५० जनाको माग पूरा गराएको बताउँनु भएको छ ।

साथै उहाँले महासंघ सदैव पत्रकारहरुको हितका लागि लागि पर्दै आइरहेको तर आन्दोलनमा सम्वद्ध पत्रकार वृतको सहभागीता नहुनु आफैमा अन्यौलको विषय भएको बताए । कार्यक्रममा महासंघका महासचिव रमेश विष्ट , सचिव रामप्रसाद दाहाल लगायतले   आफ्नो धारणा राख्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।