बिहिबार, बैशाख १३, २०८१

महाशाखाले भन्यो- मनसुनको सक्रियपन जारी , बाहिरिन अझै एक साता लाग्ने

काठमाडौं असोज ६, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले यस वर्ष मनसुनको सक्रियपन अझै जारी रहेको जनाउँदै मनुसन बाहिरिन अझै एक साता लाग्ने जनाएको छ ।

महाशाखाका अनुसार नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ तर यस वर्ष १० दिन ढिलो गरी असार ५ मनसुन भित्रिएसंगै वाहिरिने क्रम पनि लम्विएको बताउँदै मनसुन सक्रिय रहेकै कारण बदली वर्षाको क्रम नरोकिएको महाशाखाले जनाएको छ।

त्यस्तै महाशाखाका अनुसार देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै यो  क्रम मङ्गलबार र बुधबार पनि जारी रहने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।