शुक्रबार, चैत्र १६, २०८०

महानगरलाइ  ल्हासा नगरले २ बटा फोहोर कम्प्याक्टर सवारी उपलब्ध गराउने

विदेशी पाहुँनासंगको शिष्टाचार भेटवार्ता, इन्द्रजात्राको अवलोकनपछि विदेशी पाहुँना रोमाञ्चित

काठमाडौं भाद्र ३१ , काठमाडौं महानगरको आमन्त्रणमा इन्द्रजात्रा अवलोकनका लागि काठमाडौं आएका अन्तरराष्ट्रिय नगरका प्रमुख÷उपाध्यक्ष तथा प्रतिनिधिहरुले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यसँग आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरका छन ।
भेटवार्ताको क्रममा महानगर प्रमुख शाक्यले इन्द्रजात्रासँगै काठमाडौंमा भएका जीवन्त सांस्कृतिक सम्पदाका बारेमा आफ्ना नागरिकलाई सुनाउन आग्रह गर्दै अन्तरराष्ट्रिय नगर साझेदारि कार्यक्रममा सांस्कृतिक पक्षको आदानप्रदानसँगै पूर्वाधार बिकास, स्वास्थ्य, शिक्षा, खेलकुद, सामाजिक बिकास, व्यापार वाणिज्य, पर्यटनलगायतका क्षेत्रमा साझा कार्यक्रम तय गर्न सकेको अवस्थामा प्रस्तावित कार्यक्रममा जनता समेत सहभागी हुन सक्ने बताउँनु भएको छ ।

त्यस्तै भेटवार्ताको क्रममा ल्हासाका मेयर गुहेओ गुहेओले काठमाडौंको इन्द्रजात्रा पर्व आफैमा अलौकिक रहेको जनाउ दिदै काठमाडौंका धेरै कुरा राम्रा रहेछन् । यद्यपी यहाँ अझै पनि घरेलु फोहोर व्यवस्थापनमा समस्या रहेको आफुले बुझेको बताउँदै घरेलु फोहोर व्यवस्थापनका लागि ल्हासा नगरकोतर्फबाट २ बटा फोहोर कम्प्याक्टर सवारी उपलब्ध गराउने बताउँनु भएको छ ।

त्यसलगत्तै मेयर शाक्य र चीनकै लाञ्जाउ कमिटि अफ द सिपिपिसिसिका उपाध्यक्ष ज्याङ् सिओहाङ्वीच भएको अर्को भेटवार्ताको क्रममा उपाध्यक्ष सिओहाङले महानगरको निमन्त्रणामा मेयर स्वयमले आउँने इच्छा गरेपनि यसवीचमा एक महत्वपूर्ण जरुरी कामका कारण उहाा आउँन नसकेको बताउँदै सोहि भाव सहितको मेयरको पत्र महानगर प्रमुख शाक्यलाइ हस्तान्तरण गर्नु भएको थियो ।

त्यस्तै संयुक्त राज्य अमेरिकाको सिटी अफ फेडेरिकबर्गकातर्फबाट फेडरिकबर्ग काठमाडौं सिस्टरसिटी कमिटिका संयोजक तथा ग्लोवल पिस फाउन्डेसनका अन्तरराष्ट्रिय उपाध्यक्ष डेभिड लुइस कप्राराले पनि मेयर शाक्यसँग गर्नुभएको भेटवार्ताको क्रममा सिटी अफ फेडरिकवर्ग महानगरसंग फोहोर व्यवस्थापन र हरियाली प्रबर्धनक्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताउँनु भएको छ ।

त्यस्तै चीनको सेञ्चेन नगरका अन्तरराष्ट्रिय मामिला कार्यालयका उपमहा निर्देशक टाङ् फ्युइङको नेतृत्वको प्रतिनिधिमण्डल र मेयर शाक्यवीचको अन्तरसंवादको क्रममा सेञ्जेनमा आउँदो बर्ष आयोजना हुने हाइटेक मेलामा सहभागी हुन निमन्त्रणा दिनु भएको छ । महानगरको निमन्त्रणामा यस बर्षको इन्द्रजात्रा अबलोकन गर्न ५ वटा देशका ११ वटा नगरबाट ४ जना मेयर, उपमेयररउपाध्यक्षसहित ४१ जना पाहुना सहभागी हुनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।