बिहिबार, बैशाख १३, २०८१

महानगरको आमन्त्रणमा इन्द्रजात्रा अवलोकन लागि आएका विदेशी पाहुना टोली स्वदेश फिर्ता

काठमाडौ भाद्र ३०,  काठमाडौ महानगरको निमन्त्रणमा राष्ट्रिय पर्व इन्द्रजात्राको अवलोकन गर्न आउनुभएका चीन, भारत, भूटान, जापान, र अमेरिकाका ११ शहरका चार प्रमुख, उपप्रमुखसहित ४१ जना पाहुना टोली मध्ये भूटानको थिम्पु नगरका प्रमुख वाहेक सवैजना आज स्वदेश फिर्ता भएको छ ।
काठमाडौ महानगरले शहरका प्रमुख भगिनी सम्बन्ध भएका शहरका प्रमुख, उपप्रमुखसहित र प्रतिनिधिलाई राष्ट्रिय पर्व इन्द्रजात्राको अवलोकनका लागि आमन्त्रण गरे अनुरुप उहाँहरु नेपाल आउँनु भएको हो ।

त्यसक्रमा विदेशी पाहुनाहरूले इन्द्रजात्राको अवलोकनसंगै महानगरभित्रका मुर्त तथा अमुर्त सम्पदा, सास्कृतिक झाँकी संगै यहाँस्थित बहा, बही, ब्रह्मचक्र महाविहार, मञ्जुश्री नघ महाविहार, ओमबहाल, थानबहा, भीमसेन मन्दिर, सिंहसत्तल, काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, जनबहाल, आकाश भैरवलगायतका सम्पदाक्षेत्रको अवलोकन गर्नु भएको थियो ।

त्यस्तै महानगरले उहाँहरुलाइ चन्द्रागिरी , स्वयम्भू क्षेत्रको अवलोकन संगसंगै ललितपुर महानगरपालिका र त्यहाँका सुुन्दर चोक, कृष्णमन्दिरसहित हिरण्यवर्ण महाविहार लगायतका महत्वपूर्ण सम्पदा त्यस्तै भक्तपुर नगरपालिका र त्यहाँस्थित पचपन्नझ्याले दरवार, दत्तात्रेय मन्दिरलगायतका सम्पदाको समेत अवलोकन गराइएको थियो ।

अन्तरराष्ट्रिय नगरका पर्यटकलाई नेपाल घुम्न आउन निम्तो  :   यसैवीच आइतवार इन्द्रजात्रा अबलोकनका लागि आमन्त्रण गरिएका नगरबाट काठमाडौं आउनु रहनुभएका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई बिदाई गर्दै राष्ट्रिय सभा गृहमा आयोजना गरिएको बिदाइ कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तपाई प्रमुख,उपप्रमुख र प्रतिनिधि मार्फत सम्वद्ध सवै देशका नागरिकहरुलाइ नेपालभ्रमण बर्ष २०२० मा नेपाल आउन निम्तो दिनुभएको छ ।

त्यस्तै विदाइ कार्यक्रममा महानगर प्रमुख बिद्यासुन्दर शाक्यले इन्द्रजात्राको धार्मिक, सांस्कृतिक, ऐतिहासिक पृष्ठभूमिमा कुरा गर्दै, धार्मिक सहअस्तित्व, मूर्त अमूर्त सम्पदा तथा कलाको संयोग भएको यो जात्रासँगै पर्यटकलाई देखाउने कुरा धेरै भएको बताउँनु भएको थियो ।

कार्यक्रममा भम्रण बर्ष २०२० का संयोजक सुरज बैद्यलगायतले वोल्नु भएको थियो । त्यसअवसरमा परम्परागत तथा लोक नृत्य समेत प्रदर्शन गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।