बिहिबार, बैशाख १३, २०८१

महानगरका विभागीय प्रमुख थापालाइ प्रबल जनसेवा श्री चतुर्थ विभुषण

काठमाडौं असोज ४, पाँचौ संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसका अवसरमा विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिने घोषणा भएको छ ।

विभिन्न पेशाकर्मी, व्यवसायी, कर्मचारी र सुरक्षाकर्मी गरी ६३४ व्यक्तिलाई विभूषित गर्ने क्रममा काठमाडौं महानगरपालिका, सामाजिक विकास विभागका विभागीय प्रमुख एवम निर्देशक सनत कुमार थापालाइ  प्रबल जन सेवा श्री, चतुर्थ बाट विभूषित गरिने भएको छ ।

पछिल्लो समय काठमाडौं महानगरका अधिकारीहरुमध्ये राज्यप्रदत विभुषणबाट सम्मानीत हुँने अधिकारीको दर्जामा विभागीय प्रमुख थापा पहिलो व्यक्ति रहेको बुझिएको छ ।

समग्रमा विभागीय प्रमुख थापा नैतिकवान, सुयोग्य र राज्य प्रतिपादित निती निर्देशन पालना गर्ने कर्मचारीवृतमा अग्रणी व्यक्ति रहेको बताउँदै  महानगर स्रोतले उहाँलाइ राज्यले सम्मान गर्नु भनेको सिङ्गो महानगरको गरिमा भएको बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।