बिहिबार, चैत्र १५, २०८०

मण्डले प्रवृत्ति विरुद्ध सतिसाल जस्तै देश जनताको पक्षमा उभिने मन्त्री भट्टराईको प्रण

काठमाडौ भाद्र २९,  सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण नेपालगञ्जबाट काठमाडौं आउने क्रममा बुद्ध एयरको विमान  निर्धारित समय भन्दा ढिलो उठेको भन्दै जहाजभित्रै पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुर्व्यवहारप्रति मन्त्री भट्टराईको सचिवालयले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार साँझ मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईको हस्ताक्षरमा जारी विज्ञप्तिमा नेपालगंजको अन्तिम उडानबाट काठमाडौं फर्कनेक्रममा विमानमा सवार यात्रुहरुमध्ये केहि ब्यक्तीहरुले आक्रमक शैलीमा गरेको अभद्रव्यवाहरलाइ सचिवालयले स्वयम मन्त्री भट्टराईले आफूले १५ मिनेट ढिला भएकोमा यात्रुहरुसंग माफि मागेको जनाउ दिदै विमान कम्पनी तथा पाइलटलाई कुनै दबाब दिएर जहाज उड्नबाट नरोकेको भनाइ सामाजीक   सञ्जालबाट स्पष्ट गर्दागर्दै पनि प्रस्तुत प्रसंगमा अनेकन टिकाटिप्पणी हुन थालेपछि विज्ञप्तिनै जारी गर्दै नियोजितरुपमा मन्त्रीमाथि भएको दुर्व्यवहारको भत्सर्ना सहित मण्डले प्रवृत्ति’ संविधान बिरोधी हर्कतहरु जारी राखेका छन्। यसप्रति सचेत रहन सबै लोकतान्त्रिक शक्तिहरुसँग अपिल गरेको छ ।

त्यस्तै विज्ञप्त्मिा यस्तो दुर्व्यवहारपूर्ण हर्कतबाट किमार्थ विचलित नहुने काग कराउँदै गर्छ पिना सुक्दै गर्छ त्यसअर्थम लोकतन्त्र विरोधी आँधी हुरीसंग पौठा जोरी खेल्दै समृद्ध नेपाल सुखी नेपाली’ को महान् उद्देश्य प्राप्तिका निम्ति अविचलित रुपमा सतिसाल जस्तै देश जनताको पक्षमा अविराम उभिरहने प्रण समेत गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id