शनिबार, बैशाख ८, २०८१

बैक लुट प्रकरणमा थप तीन आरोपी पक्राउ

काठमाडौ असोज १० महानगरीय अपराध नियन्त्रण महाशाखाले सफ्वेयर ह्याक गरि बैक लुट प्रकरणमा संलग्न रहेको आरोपमा कञ्चनपुरबाट यज्ञराज भट्ट, पर्वतबाट मालतीदेवी न्यौपाने र काठमाडौबाट गणेशप्रसाद बस्याललाई पक्राउ गरेको जनाएको छ ।

महाशाखाका अनुसार बैंकबाट भट्टको खातामा रु ४५ लाख र न्यौपानेको खातामा रु २८ लाख हालेको फेला परेपछि अनुसन्धानका लागि उनीहरुलाई प्रतीक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुसालको बयानका आधारमा पक्राउ गरिएको जनाएको छ ।

त्यस्तै महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने कार्यमा संलग्न रहेको १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान भइरहेको र  यसका मुख्य योजनाकार अफ्रिकी मूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाई नेपाली एजेण्टलाई प्रयोग गर्दै आएको जनाउँदै निजलाइ पनि इन्टरपोलम मार्फत पक्राउ गरिने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।